बैंक अफ काठमाण्डूद्वारा आविष्कार केन्द्रलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 11:41:24 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited को कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । महामारीको कठिन परिस्थितिका बीच नेपालमै पीपीई उत्पदान गर्दै आएको केन्द्रलाई संघले दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो । 

संघका अध्यक्ष अरुण श्रेष्ठले केन्द्रका अध्यक्ष डा. महाविर पुनलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । केन्द्रले उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरीएको बैंकले जनाएको छ । यस सहयोगले अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिए । 

संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा बैंक संगै अग्र स्थानमा रही सेवा गरीरहेकोे छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved