फेसबुकबाट सहयोगको नाममा ठगी, पैसा नपठाउँन बैंकर्स संघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 12:06:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले सामाजिक संजालमा आएका अनुरोधको आधारमा मात्र कसैलाई पनि रकम ट्रान्सफर नगर्न आग्रह गरेको छ । 

पछिल्लो समय सामाजिक संजालको प्रयोग गरी विभिन्न नक्कली आईडी बनाएर सहयोगको लागि भन्दै चिनेजानेकासँग रकम माग गर्दै ठगी गर्ने क्रम बढेपछि संघले यस्तो आग्रह गरेको हो ।

संघले आफुले पैसा दिन लागेको व्यक्तिलाई पत्यक्ष सम्पर्क गरेर सहयोग मागेको हो  वा होइन भनी यकिन गरेर मात्र रकम ट्रान्सफर गर्न आग्रह गरेको छ । संघले आफ्नो खाताको विवरण अन्य कसैलाई नदिन समेत आग्रह गरेको छ ।

फेसबुक मार्फत नक्कली आईडी सहयोग लागि भनेर म्यासेज कै भरमा रकम असुल गर्दै ठगि गर्ने क्रम बढेपछि संघले यस्तो आग्रह गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved