नेपाल बैंकले ल्यायो सबै बैंकको भन्दा सस्तो ब्याजदरको कर्जा योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 05:40:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited ले नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले पाँच बर्ष अवधिकालागी ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो । 

घर निर्माण, घर खरिद तथा तला थप गर्न उक्त प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जानकारी दिएको छ । यसका साथै बैंकले नयाँ लघु उद्यम कर्जा, सम्बद्ध ब्यवसाय कर्जा,  घडेरी कर्जा योजनाहरु पनि ल्याएको जानकारी दिएको छ । 

लघु उद्यम कर्जा तथा सम्बृद्घ ब्यपशाय कर्जाको वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको र सो ब्याजदर पनि उक्त प्रकृतिका कर्जाहरुमा बंैकिङ्ग क्षेत्रकै न्युन ब्याजदर भएको बैंकले दाबी गरेको छ । उक्त कर्जाहरु प्राप्त गर्नका लागि सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका हुनपर्ने बैंकले जनाएको छ । 

विस्तारको निमित्त २५ लाख देखी  ९९ लाख रुपैयाँसम्मको लघु उद्यम कर्जा र १ करोड देखी ३ करोड सम्मको चालु तथा स्थिर पूँजी ब्यबस्थापनका लागी सम्बृद्घ ब्यबसाय कर्जा  उपलब्ध गराउने बैंकले जनाएको छ । बैंकका अनुसार सम्पुर्ण कर्जाहरु ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गरिने छ ।

यस्तै बैंकले ९.९९ प्रतिशत ब्याजदरमा घडेरी कर्जा ल्याएको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तिय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसिय आवश्यकता पूरागर्न यो कर्जाको सुरुवात गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार उक्त कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । सो कर्जाको अबधि ५ बर्ष देखी २० वर्षसम्म कायम गरिएको जनाइएको छ ।

बैंकले १८६ वटा शाखाहरु, १२५ वटा एटिएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved