मादमे खोला आयोजनामा एनएमबि बैंक सहित ४ संस्थाले ३ अर्ब बढी लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 07:51:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैक NMB Bank Limited  ले २४ मेगावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ ।  

 सह—वित्तीयकरणमा सहभागी अन्य वैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एन आई सी एशिया बैंक र प्रभु बैंक लि. रहेका छन् । २४ मेगावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४.४८ अर्व रहेको छ जसमध्ये बैकहरुको लगानी कुल ३.३२५ अर्वको हुनेछ ।

यो आयोजनासँग एनएमबि बैकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved