सीईओहरुलाई अप्ठ्यारो भए राजिनामा दिन तयार छु: अध्यक्ष दाहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 02:38:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकका सीईओ तथा वरिष्ट कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्ने नीति लिएसँगै बैंकका केहि सीईओहरु बैकहरुको छाता संगठन 'नेपाल बैंकर्स संघ' का अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालसँग चिढिएका छन्। 

राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमा बैंकका सीईओ तथा वरिष्ट कर्मचारीको पारिश्रमिक पुनरावलोकन गर्ने कुरा ल्याउनुमा संघका अध्यक्ष दाहालको 'बोलि' प्रमुख जिम्मेवार भएको असन्तुष्ट सीईओहरुको बुझाई रहेको छ। 

बैकका सीईओहरुको तलब सुविधा धेरै नभएको र बढी भए त्यसमा पुनरावलोकन गर्ने भनेर अध्यक्ष दाहालले संसदको अर्थ समितिमा बोलेका कारण राष्ट्र बैंकले मौद्रिक नीतिमा यस्तो व्यवस्था गरेको असन्तुष्टहरुको दाबी छ। 

'अध्ययन र प्रमाणको आधारमा नै बैंकको सीईओको तलब धेरै छैन बढी भए पुनरावलोकन गर्छौं भनेको हो तर मेरो भनाईकै कारण मौद्रिक नीतिमा तलब पुनरावलोकनको कुरा आयो भनेर साथिहरु (सीईओहरु) ले अप्ठ्यारो मान्नु हुन्छ भने म अध्यक्ष पदबाट राजिनामा दिन तयार छु'  भुवन दाहाल, अध्यक्ष, नेपाल बैंकर्स संघ 

तर अध्यक्ष दाहालले जे सत्य हो त्यहि कुरा समितिमा बोलेको र त्यस बिषयले सीईओहरुको चित्त दुख्छ भने अध्यक्ष पदबाट राजिनामा दिने बिजपाटीलाई बताएका छन्। बैंकका सीईओको तलब सुविधाले बैंकको खर्च बढ्न गएको र त्यसले अन्तत ब्याजदर महँगो गराएको भन्ने सांसदहरुको प्रश्नको जवाफमा आफुले अध्ययनको आधारमा नै सरकारी कर्मचारी तथा अन्य निकाय भन्दा बैंकको सीईओको तलब धेरै नभएको प्रतिकृया दिएको दाहालले बताए 

समितिको छलफलमा सांसदहरुले आफुलाई सोधेको प्रश्नको सन्दर्भ अनुसार जवाफ दिएको उनले बताए। बैंकका सीईओ हरुले लिएको तलबका कारण बैंकको कर्जाको ब्याजदर महँगो नभएको बताउँदा कसैलाई चित्त दुख्छ भने त्यसमा आफ्नो भन्नु केहि नरहेको दाहालले बताए। '

'अध्ययन र प्रमाणको आधारमा नै बैंकको सीईओको तलब धेरै छैन बढी भए पुनरावलोकन गर्छौं भनेको हो तर मेरो भनाईकै कारण मौद्रिक नीतिमा तलब पुनरावलोकनको कुरा आयो भनेर साथिहरु (सीईओहरु) ले अप्ठ्यारो मान्नु हुन्छ भने म अध्यक्ष पदबाट राजिनामा दिन तयार छु' उनले भने। 

सरकारी कर्मचारी तथा अन्य निकायमा उच्च तहमा कार्यरत कर्मचारीहरुले लिने तलब, भत्ता, पेन्सन लगायतका सुविधा जोड्दा बैंकका सीईओले पाउने तलब कम भएको बैंकहरुले गरेको एक अध्ययनले पुष्टि गरेको दाहालले बताए। 

बैंकहरुको लेखापरिक्षण गरिएको ३ आर्थिक बर्षको प्रतिबेदनमा सरकारी बैंकमा प्रत्येक कर्मचारी खर्च धेरै देखिएको छ। जसमा राष्ट्रिय बाणिज्य बैंक चौथो, कृषि विकास बैंक ७ औं र नेपाल बैंक १८ औं स्थानमा छ।  सरकारी बैंकको प्रत्येक कर्मचारी खर्च धेरै भएपनि त्यहाँका सीईओको तलब तुलनात्मक रुपमा कम देखिन्छ। 

भत्ता, सुविधा, पेन्सन लगायतका सुविधा जोड्दा दुर संचार प्राधिकरण, नेपाल राष्ट्र बैंक लगायतका सरकारी निकायका कर्मचारी र सँस्था प्रमुखहरुले लिने तलब बढी देखिएको अध्ययनले देखाएको छ। 


 






उनले आफुले अर्थ समितिमा तथ्य र प्रमाणको आधारमा रही सत्य कुरा बोलेको बताए । सीइओहरुको तलवको विषयमा विस्तृत अध्ययन भएको र सरकारी कर्मचारीको तलव, सरकारी बैंकको कर्मचारीको तलव, निजि बैंकको कर्मचारीको तलव, राष्ट्र बैंकका कर्मचारीको तलवको तुलानात्मक अध्ययन गरिएको बताए । सोहि अध्ययनको प्रतिवेदनले बैंकको सीइओहरुको धेरै नभएको देखाएकोले आफुले अर्थ समितिमा सोहि कुरा बोलेको दाहालको भनाई छ।


अर्थ समितिमा बैंकका सीइओ र कर्मचारीको तलव धेरै भएको र सोहि कारण खर्च बढ्न गई बैंकको ब्याजदर धेरै भएको विषय सांसदहरुले उठाएका थिए । जवाफमा दाहालले यथार्थ त्यस्तो नरहेको र कर्मचारीहरुको तलव कम नै भएको बताएका थिए ।


तलव बढी भएको विषयले बैंकिङ क्षेत्र मै बहस हुन थालेपछि नेपाल राष्ट्र बैंकले हालैको मौद्रिक नीतिमा पनि बैंकका सीइओहरुको तलव पुनरावलोकन गरिने उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved