एनआइसी एशिया र सिजी मोटोकर्पबीच सम्झौता, २० प्रतिशत डाउनपेमेन्टमै चारपाङ्ग्रे सवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 07:35:40 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पको फाइनान्स पार्टनर बनेको छ । बैंक र सिजी मोटोकर्पबीच सम्झौता भएपछि एनआईसी एशिया बैंक सिजीको फाइनान्सिङ पार्टनर बनेको हो ।

समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीको तर्फबाट महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरे । 

सुजुकी ब्राण्डका चार पाङ्ग्रे सवारी बिक्री गर्दा सिजी मोटोकर्पले एनआईसीलाई फाइनान्सिङ पार्टनर बनाउने र बैंकले सिजी मोटोकर्पका उपभोक्ताहरूलाई बैंकले ल्याएको सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा सुजुकी गाडी बिक्रि गर्न सक्नेछ ।

बैंकले २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था गरेको छ । रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने बैंक र सिजी मोटोकर्पबीच सम्झौता भएको छ ।

सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved