आलोपालो गरेर सेवा दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 03:17:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आलोपालो रुपमा कर्मचारीहरुलाई कार्यालयमा उपस्थित गराउन निर्देशन दिएको छ ।  कोभिड १९ संक्रमणको जोखिम न्यूनिकरण तथा सुरक्षाका लागि नेपाल सरकारले देशका विभिन्न स्थानहरुमा लागू गरेको बन्दाबन्दी तथा सवारी साधनको आवागमनमा जोर बिजोर प्रणाली लागू गरेसँगै यस्तो निर्देशन दिएको हो। 

राष्ट्र बैंकले नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड समेतको पालना गर्दै कोभिड-१९ संक्रमणको जोखिम व्यवस्थापन गर्न आवस्यकताअनुसार समुह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था समेत  मिलाउन आग्रह गरेको हो।

साथै, बैंकले विषम परिस्थितिलाई मध्यजनर गर्नै घरबाटै काम गर्ने वातावरण मिलाउन समेत आग्रह गरेको छ । प्रदेशस्थित शाखा कार्यालयहरुको हकमा सम्बन्धित प्रदेश सरकार, स्थानिय तह र स्थानिय प्रशासनमार्फत हुने निर्णय वा सूचनालाई आधार मान्दै न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तिय संस्थाहरुको सेवा सुचारु गर्न आग्रह गरेको छ । 

 सेवा सुचारु नगरिएका शाखाहरुको विवरण दैनिक रुपमा राष्ट्र बैंकको रिपोटिङ पोर्टलमा  उपलब्ध गराउन आग्रह गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved