आर्थिक वर्ष ७६/७७ मा सिद्धार्थ बैंक Siddhartha Bank Limited को खुद नाफा ७.३० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको नफा २ अर्ब २५ करोड रहेकोमा गत आवमा बैंकको नाफा घटेर २ अर्ब ९ करोड कायम भएको हो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ८६ करोड ६४ लाख रहेको छ ।
यस अवधिमा बैंकको निक्षेप २१.४८ प्रतिशतले बढेर १ खर्ब ३९ अर्ब पुगेको छ भने कर्जा प्रवाह १७.७१ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब पुगेको छ । बैंकको खुद ब्याज आम्दानी पनि १९.७२ प्रतिशतले बह्दर ५ अर्ब ५८ करोड पुगेको छ । बैंकको खराब कर्जा भने ०.७५ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रहेको छ भने रिजर्भमा ६ अर्ब १८ करोड रहेको छ ।
यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २१.३८, नेट वर्थ १६३.२२, मूल्य आम्दानी अनुपात १३.८४ गुणा, बेस रेट ९.०३ प्रतिशत, कोषको लागत ६.५९ प्रतिशत, सिसिडि ७२.८५ प्रतिशत, र पुँजी पर्याप्तता अनुपात १२.९७ रहेको छ ।