नेपाल बैंकद्वारा कोरोना रोकथाम कोषमा ३ करोड बढी सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 08:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले Nepal Bank Limited कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड बढी रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको ३ करोड ४६ लाख रकम सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गरेको हो । 

 बैंक सञ्चालक समितिका अध्यक्ष  वासुदेव  अधिकारीले अर्थमन्त्री डा.युवराज खतिवडा चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए । उनले बैंकको कार्यसम्पादनमा आएको सुधारको प्रशंसा गर्दै आगामी दिनहरुमा बैंकलाई अझ प्रतिस्पर्धी बनाउदै लैजान र बैंकको थप प्रगतिका लागि शुभकामना दिए । 

बैंक सञ्चालक समितिका अध्यक्ष अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको र हालसम्म संघिय सरकारको कोषमा रु. ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई रु. ५ लाखका दरले रु. ३५ लाख गरी कुल रु. ४ करोड ८१ लाख आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको र यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved