राष्ट्रिय बाणिज्य बैंकले ल्यायो सबै बैंकको भन्दा सस्तो कर्जा योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 11:12:45 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बाणिज्य बैंक Rastriya Banijya Bank ले नेपालको बैंकिङ्ग बजारमा सबैभन्दा कम ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले २० बर्ष अवधिकालागी ७.२५ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भएको हो ।

घर निर्माण, घर खरिदका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार एक बर्षसम्म ब्याजदरमा कुनै परिवर्तन नहुने उक्त कर्जा ग्राहकले आवश्यक कागजात पेश गरेको ७ दिनमा प्राप्त गर्नेछन् । योजना अनुसार बैंकले एक करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने जानकारी दिएको छ । 

पछिल्लो समय बैंकहरुले कर्जा प्रवाहमा ब्याजदर घटाउने होडबाजी चलिरहेको छ । प्रायजसो बैंकहरुले एकल अंक ब्याजदरमा कर्जा प्रवाह गर्ने होडबाजीमा उत्रिएका छन् । कर्जाको ब्याजदर घटाउने दौडमा राष्ट्रिय बाणिज्य बैंकले सबै बैंकहरुलाई उछिनेको छ । केहीदिन अघि नेपाल बैंकले ७.९९  प्रतिशतमा सबैभन्दा कम ब्याजदरमा घरकर्जा उपलब्ध गराउने योजना ल्याएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved