२४ प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 08:37:35 AM मा प्रकाशित

laxmi  sunrise bank

 आर्थिक वर्ष ७६/७७ मा  सिटिजन्स बैंक Citizens Bank International Limited  को खुद नाफा २३.७३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७५/७६ मा १ अर्ब ४६ करोड नाफा कमाएको सिटिजनको  नाफा गत आर्थिक वर्षमा घटेर १ अर्ब ११ करोड कायम भएको हो ।

कोभिड १९ का प्रभावको कारण ठुलो रकम प्रोभिजन गर्नु परेकोले नाफा घटेको  बैंकले उल्लेख गरेको छ । बैंकले ६७ करोड ७२ लाख प्रोभिजनमा राखेको छ । 

बैंकको वितरणयोग्य मुनाफा ९२ करोड ३६ लाख  रहेको छ । यस हिसाबमा बैंकले करिब ९.८४ प्रतिशतको हाराहारीमा लाभांश बितरण गर्न सक्ने देखिन्छ । तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ ।  यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ ।

यस अवधिमा बैंकको संचालन मुनाफा पनि ३०.७४  प्रतिशतले घटेर १ अर्ब ४५ करोड रहेको छ । बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले बढेर २  अर्ब ८८ करोड पुगेको छ । त्यस्तै बैंकको निक्षेप २५.५४ प्रतिशतले बढेर ८८ अर्ब ५१ पुगेको छ भने कर्जा प्रवाह २५.८४ प्रतिशतले बढेर ७९ अर्ब १६ करोड पुगेको छ । ९ अर्ब ९ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा ४ अर्ब २७ करोड रहेको छ । बैंकको खराब कर्जा १.१३ प्रतिशतबाट बढेर १.४६  पुगेको छ ।

बैंकको प्रति शेयर आम्दानी १२.९२, मूल्य आम्दानी अनुपात १४.५५, प्रति शेयर नेटवर्थ १४७.०७, तरलता अनुपात २६.१७ प्रतिशत, र बेस्ट रेट ९.०४ प्रतिशत रहेको छ   । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved