बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको १४ बुँदे निर्देशन (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 05:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न १४ बुँदे निर्देशन दिएको छ । राष्ट्र बैंकले कोभिड १९ को संक्रमण दिन दिनै बढ्दै गएकोले कर्मचारी एवम सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्युनतम बैंकिङ सेवा सुचारु राख्नको लागि निर्देशन दिएको हो ।

जस अनुसार राष्ट्र बैंकले काठमाडौँ उपत्यकामा र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा ५० प्रतिशत कर्मचारीबाट सेवा दिन निर्देशन दिएको छ । बाँकि कर्मचारीलाई घरबाट नै काम गर्ने ब्यबस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

त्यस्तै राष्ट्र बैंकले सबै प्रकारका गोष्टि, बैठक, सेमिनार, छलफल, भेला जस्ता सामुहिक जमघट हुने कार्य नगर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्भव भएसम्म व्यक्तिगत भेटघाट र सेवा प्रवाह विद्युतीय माध्यमबाट गर्न समेत निर्देशन दिएको छ । त्यस्तै राष्ट्र बैंकले आफ्नै खर्चमा कर्मचारीको पिसीआर परिक्षण गर्न समेत भनेको छ ।

हेर्नुस् निर्देशन :  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved