माछापुच्छ्रे बैंकले ल्यायो नेपालमै पहिलो पटक वी च्याट वालेट भुक्तानी सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2020 | 06:48:24 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा भित्र्याएको छ । बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।

सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले बैंकसंग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरि वी च्याट वालेटबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको ।  बैंकले फस्ट पे टेक्नोलोजीसंगको सहकार्यमा उक्त वी च्याट वालेट संचालनमा ल्याएको हो ।

बैंकले १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved