प्राइम कमर्शियल बैंकको नाफा २ अर्ब २९ करोड , लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 09:29:09 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७६/७७ मा प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited  ले  २ अर्ब २९ करोड २८ लाख  खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष २ अर्ब १९ करोड ८७ लाख खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १० करोड बढीले नाफा बढाएको हो  

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६१ करोड ५७ लाख रहेको छ । यस हिसाबमा बैंकले करिब ११ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ।   तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ ।  यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ । 

बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५८ करोडबाट बढेर ४ अर्ब ६१ करोड पुगेको छ । त्यस्तै बैंकको संचालन आम्दानी ४ अर्ब ६० करोडबाट बढेर ५ अर्ब ७८ करोड पुगेको छ भने संचालन मुनाफा ३ अर्ब १४ करोडबाट बढेर ३ अर्ब २७ करोड पुगेको छ । १३ अर्ब ९८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब ७९ करोड रहेको छ । बैंकको निक्षेप १ खर्ब १९ अर्ब रहेको छ भने कर्जा प्रवाह १ खर्ब १० अर्ब रहेको छ 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १६.३९ , स्प्रेड दर ४.२२ प्रतिशत, बेस रेट ८.६२ प्रतिशत, कोषको लागत ७.१४ प्रतिशत, मूल्य आम्दानी अनुपात १५.५५ गुणा र नेट वर्थ  १४६.९१ रुपैयाँ रहेको छ।  

 बैंकले गत भदौ २९ मा कन्काई विकास बैंकलाई गाभ्नेको थियो भने फागुन २९ मा कैलाश विकास बैंकलाई गाभेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved