सानिमाको विवरणमा देखियो कोरोनाको वास्तविक 'तस्विर', नाफा घट्दा लाभांश क्षमतामा ह्रास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 09:35:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष करिब २५ प्रतिशतले मुनाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ।  करिब ८९ करोड रुपैयाँ प्रोभिजन गरेको गर्दा त्यसको प्रत्यक्ष असर बैंकको नाफामा देखिएको हो। 

तत्कालै उठ्न नसक्ने स्पष्ट तस्विर देखिएका ऋणहरुलाई प्रोभिजन गरेर बैंकको जोखिम घटाउँदा सानिमाको नाफा घटेको हो।  बैंकको विवरणमा कोरोनाको वास्तविक असर देखिएको छ। 

बैंकले आर्थिक बर्ष २०७६/७७ मा १ अर्ब ७० करोड ३३ लाख खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्ष बैंकले २ अर्ब २५ करोड मुनाफा आर्जन गरेको थियो। 

बैंकले १ अर्ब ७० करोड खुद मुनाफा गरेपनि उसले सेयरधनीलाई बाँड्न मिल्ने नाफा अर्थात वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड ९७ लाख छ। यसलाई आधार मान्दा बैंकको लाभांश क्षमता १२ प्रतिशत बितरण गर्न सक्ने छ। अघिल्लो आर्थिक बर्ष १ अर्ब ६२ करोड वितरणयोग्य मुनाफा हुँदा उसको लाभांश क्षमता २० प्रतिशत थियो। 

यस अवधिमा बैंकले १९.५४ प्रतिशतले बढाएर १ खर्ब ६ अर्ब ८३ करोड निक्षेप संकलन गरेको छ भने ११.२३ प्रतिशतले बढाएर ९० अर्ब ५६ करोड कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी झिनो अंकले बढेर ४ अर्ब २१ करोड ५४ लाख पुगेको छ। अघिल्लो आर्थिक बर्ष बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २० करोड थियो। 

यस अवधिमा बिंकको चुक्तापुंजी ८ अर्ब ८० करोड छ भने जगेडा कोषमा २ अर्ब ८२ करोड ५६ लाख छ। बैंकको खराब कर्जा अनुपात झिनो अंकले बढेर ०.४८ प्रतिशत पुगेको छ। 

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ २५ पैसा, प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ८३ पैसा र मुल्य आम्दानीको अनुपात १७.०५ गुणा रहेको छ। त्यस्तै बैंकको कोषको लागत ६.६६ प्रतिशत छ भने आधार दर ८.६२ प्रतिशत छ। बैंकको कर्जा निक्षेप अनुपात ७४.७२ प्रतिशत छ भने बैंकले लिने र दिने ब्याज अर्थात स्प्रेड दर ३।४७ प्रतिशत छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved