राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्ब बढी, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 10:36:53 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष ७६/७७ मा ४ अर्ब ४५ करोड खुद नाफा कमाएको छ । आर्थिक वर्ष ७५/७६ मा ५ अर्ब ४ करोड नाफा कमाएको बैंकको नाफा गत आर्थिक वर्षमा ५९ करोडले घटेको हो 

यस अवधिमा  बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ०३ करोड रहेको छ । त्यस्तै बैंकको संचालन मुनाफा ६ अर्ब ४७ करोडबाट घटेर ६ अर्ब ३ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १० अर्ब ५८ करोडबाट घटेर ९ अर्ब ९६ करोड पुगेको छ । हाल बैंकको  चुक्ता पुँजी ९ अर्ब ४७ लाख रहेको छ भने बैंकको जगेडा कोषमा १३ अर्ब ८ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४९.४५, खराब कर्जा ४.०८ प्रतिशत, बेस रेट ५.८० प्रतिशत, स्प्रेड दर ४.२६ प्रतिशत र सिसिडि ६२.४८ रहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved