८ प्रतिशतले घट्यो हिमालयन बैंकको नाफा, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 11:43:55 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited  ले  आर्थिक वर्ष ७५/७६ मा २ अर्ब ५४ करोड नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ७६ करोड कमाएकोमा बैंकको नाफा ८ प्रतिशतले घटेको हो  ।

यस अवधिमा बैंकको वितरण योग्यमुनाफा १ अर्ब ३० करोड रहेको छ  । यस हिसाबमा बैंकले करिब १४ प्रतिशत लाभांश बितरण गर्न सक्ने देखिन्छ  । तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ ।  यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ । 

बैंकको निक्षेप १४.५१ प्रतिशतले बढेर १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ९.६६ प्रतिशतले बढेर १ खर्ब १ अर्ब पुगेको छ ।  बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशतले घटेर ४ अर्ब ७५ करोड पुगेको छ  ।  चुक्ता पुँजी ९ अर्ब ३७ करोड रहेको बैंकले रिजर्भमा ८ अर्ब १७ करोड राखेको छ  ।  बैंकको खराब कर्जा १.०१ प्रतिशत रहेको छ  ।  

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २७.१३, प्रति शेयर नेट वर्थ १८७.२०, मूल्य आम्दानी अनुपात १९.९१ गुणा, बेस रेट ८.३८ प्रतिशत, कोषको लागत ६.१८ प्रतिशत, सिसिडि ६६.८५ प्रतिशत, र पुँजी पर्याप्तता अनुपात १४.६७ रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved