सनराइज बैंकद्वारा कोरोना कोषमा ७९ लाख सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2020 | 04:02:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले ७९ लाख ४४ हजार ४७६ रुपैयाँ सहयोग गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको जानकारी दिएको हो । उक्त रकम बराबरको चेक बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेकी हुन् । 

कार्याक्रममा अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिदैं बैंकले प्रदान गरेको उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताए ।

बैंकले यस अघिपनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु हस्तान्तरण गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved