प्रभु बैंकको बाड्न मिल्ने नाफा १ अर्ब ८ करोड, लाभांश क्षमता कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2020 | 09:44:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७६/७७  मा प्रभु बैंक Prabhu Bank Limited  को नाफा २३.३६ प्रतिशतले घटेको छ । आर्थिक वर्षमा ७५/७६ मा १ अर्ब ७८ करोड कमाएको बैंकको नाफा गत आर्थिक वर्षमा घटेर १ अर्ब ३६ करोडमा सिमित भएको हो । 

बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ७३ करोडबाट घटेर १ अर्ब ८ करोड कायम भएको छ ।   यसबाट बैंकको लाभांश क्षमता १० प्रतिशत देखिन्छ ।  तर एनएफआरएस अनुसार केहि शिर्षकमा थप रकम व्यवस्था गर्नुपर्ने भएकाले लाभांश क्षमता घट्न सक्छ ।  यद्यपि असोज मसान्त सम्म उठ्ने ब्याजलाई पनि अघिल्लो वर्षको ब्यालेन्स सिटमा देखाउन सकिने राष्ट्र बैंकको ब्यबस्थाको कारण बैंकको नाफा बढ्न गई वितरणयोग्य मुनाफा पनि केहि बढ्न सक्ने छ । १० अर्ब ३१ करोड चुक्ता पुँजी भएको बैंकको रिजर्भमा ४ अर्ब १८ करोड रहेको छ । 

बैंकको खुद ब्याज आम्दानी ५.६३ प्रतिशतले बढेर ४ अर्ब ६४ करोड पुगेको छ ।  यस अवधिमा बैंकको निक्षेप संकलन २१.८१ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब पुगेको छ भने कर्जा प्रवाह १६.१६ प्रतिशतले बढेर ९९ अर्ब ६९ करोड रहेको छ । बैंकको खराब कर्जा भने ३.७६ प्रतिशतबाट घटेर २.८१ प्रतिशत कायम भएको छ  । 

बैंकको प्रति शेयर आम्दानी १३.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.८७ गुणा, बेस रेट ८.३२ प्रतिशत, कोषको लागत ६.०६ प्रतिशत, सिसिडि ६६.९६ र  पुँजी पर्याप्तता अनुपात ११.५९ प्रतिशत रहेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved