कृषि विकास बैंकको खुद नाफा ३ अर्ब ४६ करोड, बाड्न मिल्ने कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 08:30:12 AM मा प्रकाशित

laxmi  sunrise bank

 आर्थिक वर्ष ७६/७७ मा कृषि विकास बैंक Agriculture Development Bank Limited  खुद नाफा १७.२६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १९ करोड खुद नाफा कमाएको बैंकको नाफा गत आर्थिक वर्षमा घटेर ३ अर्ब ४६ करोड कायम भएको हो  ।

यस अवधिमा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६६ करोड रहेको छ । त्यस्तै बैंकको संचालन मुनाफा १६.५१ प्रतिशतले घटेर ४ अर्ब ४५ करोड कायम भएको छ । 

यस अवधिमा बैंकको निक्षेप १ खर्ब ४३ अर्ब रहेको छ भने कर्जा प्रवाह १ खर्ब २३ अर्ब रहेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ४४ करोड रहेको छ भने रिजर्भमा १४ अर्ब ९८ करोड रहेको छ । बैंकको खराब कर्जा ३.२९ प्रतिशतबाट घटेर २.७१ प्रतिशत कायम भएको छ ।  

बैंकको प्रति शेयर आम्दानी ३२.८८, मूल्य आम्दानी अनुपात ११.७१, तरलता अनुपात ३३.९८, बेस रेट ९.२६, सिसिडि ६६.३१ प्रतिशत, र नेट वर्थ २४०.९५ रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved