कोरोना नियन्त्रण कोषमा ८ बैंकको २१ करोड सहयोग, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 03:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणको रोकथाम नियन्त्रण तथा उपचार कोषमा बैंक तथा वित्तिय संस्थाले २१ करोड रकम सहयोग गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म खर्च हुन नसकेको रकम ७ बैंक तथा एक वित्तिय संस्थाले २१ करोड ५८ लाख ५१ हजार ९९२ रुपैयाँ अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । 

चालू आर्थिक वर्षको मौद्रिक नीति २०७७/७८ ले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक, उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो ।

सोही अनुसार आईतबार डिप्रोक्स लघुवित्तले ४६ लाख ५८ हजार १ सय २९ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ करोड ६९ लाख ९३ हजार १ सय ४५ रुपैयाँ, कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार ७५ र नविल बैंकले ६ करोड गरी १३ करोड २६ लाख ६१ हजार ३ सय ४९ हस्तान्तरण गरेका हुन् । 

यसअघि नेपाल बैंकले ३ करोड ४६ लाख, सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९ सय २९, प्रभु बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ र सनराईज बैंकले ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ सहयोग गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved