माछापुच्छ्रे बैंकमा चार्टड एकाउन्टेन्टलाई बीना धितो १५ लाख ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 10:55:16 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) र माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited बीच एक्यानमा आवद्ध सदस्यहरुलाइ बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा १५ लाख सम्मको प्रोफेश्नल कर्जा ब्याज दर ९.७५५० प्रदान गरिने बैंकले जनाएको छ। 

सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्ले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे। सम्झौताअनुसार संघका २४०० सदस्यहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ।

सम्झौतापछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई बैंकले निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहमा बिशेष सहुलियत प्रदान गर्नेछ । 

अहिलेको महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बास्तबिकतालाइ मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा बित्तिय संस्था संग समेत समझदारीको लागि छलफल भैरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी  गराए। 

लेखा परीक्षण पेशा हाल अधिकतम प्रविधिको प्रयोग गरेर काम गर्नुपर्ने अवस्था रहेको र स्रोतको व्यवस्थापन असाध्यै जटिल रहेको  सन्दर्भ मा यस्ता समझदारी ले सदस्यको मनोबल समेत बढाउने संघका अध्यक्ष वाग्लेले बताए। साथै संघले गरेको सर्वेको प्रतिबेदन अनुसार सदस्यहरुको हितकालागि संघले कार्यहरु गरिरहेको समेत वाग्लेले बताए ।





Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved