नबिल बैंकद्वारा कोरोना कोषमा ६ करोड सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 11:40:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई आर्थिक सहयोग गरेको छ । नेपाल सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरेको कोषमा बैंकले ६ करोड रुपैयाँ  सहयोग गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो ।  

उक्त कार्याक्रममा सिईओ शाहले भने, “नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्पायाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो ।”


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved