माछापुच्छ्रे बैंकको साहसिक कदम, वकिललाई पनि बिना धितो कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 07:56:08 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंकले कानुन व्यवसायी तथा संस्थाहरुलाई पनि कर्जा प्रदान गर्ने भएको छ । मंगलबार बैंक र नेपाल बार एशोसिएशनबीच बैंकिङ्ग सेवा सम्बन्धमा भएको सम्झौतासंगै बैंकले कानुन व्यवसायीहरुलाई पनि कर्जा सुविधा दिने भएको हो । 

सम्झौतामा बैंकका तर्फबााट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा एशोसिएशनका तर्फबाट महासचिव लिलामणी पौडेलले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार एशोसिएशनका सदस्यहरुले बैंकका सम्पूर्ण शाखाहरु मार्फत निक्षेप खाता, कर्जा तथाअन्य बैंकिङ्ग सेवाहरुमा सहुलियत र प्राथमिकता प्राप्त गर्नेछन् । एशोसिएशनमा करिब २० हजारसदस्यहरु आवद्ध रहेका छन् ।

शक्तिसँग खेल्ने समुहहरुमा पर्ने नेता, पत्रकार, वकिल, सेनालाई बैकहरुले कर्जा नदिने गरेको पाइन्छ । अधिकांश बैंक वित्तीय संस्थाले नीतिगत निर्णय नै गरेर यो समुहहरुलाई कर्जा नदिने व्यवस्था गरेका छन्। तर माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्रमै पहिलोपटक वकिलहरुलाई पनि कर्जा दिएर साहसिक कदम थालेको छ।

बैंकले हालै मात्र नेपाल चिकित्सक सघं, नेपाट चार्टड एकाउन्टेन्स संघ, नेपाल अडिर्टस एशोसिएशन लगायतका संस्थासंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध व्यक्ति तथा संस्थाहरुलाई प्राथमिकताका साथ सेवा पुर्याउने उद्धेश्यले सम्झौता गरेको थियो । 

बैंकले १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा २९७ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved