नेपाल इन्भेष्टमेण्ट बैंक र विरबेर्लीबीच विप्रेषण सम्बन्धमा सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 05:36:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक Nepal Investment Bank Limited  र विरबेर्लीबीच विप्रेषण कारोबार गर्ने सम्झौता भएको छ । बैंकले विरबेर्लीसंग विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले उक्त सम्झौता गरेको हो । 

सम्झौता अनुसार पछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी विरबेर्लीको मोबाईल एप अथवा अनलाई पोर्टल प्रयोग गरी नेपालमा रकम पठाउन सकिने छ । 

बैंकका अनुसार विरबेर्ली मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंकको खातामा जम्मा हुनेछ । विरबेर्ली मार्फत पठाएको पैसा इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

बैंकले देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत सेवा दिइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved