एनआईसीले सिमित शाखाबाट सेवा दिने, अप्ठ्यारो परे यी नम्बरमा फोन गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 08:10:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी भएको अवस्थामा पनि अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै सिमित शाखाहरुबाट अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न लागेको हो । 

ग्राहकको सुविधाका लागि आईतवार देखि बिहिवार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सीमित शाखाहरूमार्फत अत्यावश्यक सेवा दिईने बैंकले जानकारी दिएको छ । उक्त सेवा दिने शाखाहरूको जानकारी दैनिक रुपमा बैंकको वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी गराईने समेत बैंकले जानकारी गराएको छ । 

बैंकले यसेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न विभिन्न केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको जनाएको छ । ग्राहकलाई बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, हेल्प टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । 

यसका साथै ग्राहकले विभिन्न खालका बैंकिङ्ग गतिविधिहरू गर्दा आइपर्न सक्ने समस्यालाई ध्यानमा राख्दै बैंकले निम्नलिखित ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको जानकारी दिएको छ ।

केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्न सक्ने भएकोले बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कर्मचारी सहितको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको जनाएको छ । यस्ता प्रादेशिक एवं उपप्रादेशिक तहको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को विवरण बैंकले आफ्नो वेबसाइटमा अध्यावधिक गरेको जानकारी दिएको छ ।

बैंकले ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved