संख्या र शाखा तोकेरै सेवा दिनेबारे बैंक वित्तीय सँस्थाबीच सहमति, ७ दिनपछि रणनिति फेरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 09:23:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकहरुले निषेधाज्ञाको अवधिभर सिमित शाखाहरु मार्फत आधारभूत बैंकिङ सेवा प्रदान गर्ने भएका छन्। यसअघिको लकडाउनमा बैंकहरुका सिमित शाखा मार्फत आधारभूत बैंकिङ सेवा दिए झैं निषेधाज्ञामा पनि सेवा प्रवाह गर्ने प्रस्ताव राष्ट्र बैंक समक्ष गरिएको बैंकहरुले जनाएका छन्। 

नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बाणिज्य बैंकहरुले बढीमा काठमाडौं उपत्यकाका ३ वटा जिल्लामा ८ शाखा संचालन गर्ने प्रस्ताव गरिएको बताएका छन्। 

दाहालकाअनुसार काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ गरि कुल ८ शाखा मार्फत आधारभूत बैंकिङ सेवा दिनेबारे प्रस्ताव राष्ट्र बैंकमा पठाईएको छ। 'सकेसम्म थोरै कर्मचारीबाट बिहान १० बजेदेखि ३ बजेसम्म आधारभूत बैंकिङ सेवा दिने प्रस्ताव गरिएको छ' दाहालले भने। 

त्यस्तै बैंकहरुका मुख्य कार्यलयमा पनि आइटी, डिजिटल बैंकिङ, ट्रेजरी, व्यापार, स्विफ्ट, क्लियरिंङ जस्ता अति आवश्यक सेवा सिमित कर्मचारीबाट संचालन गर्नलाई समेत प्रस्ताव गरिएको छ। 

यद्दपी उपभोक्ताका आवश्यकता र मागअनुसार अहिले प्रस्ताव गरिएका बिषयहरुमा संसोधन गरि थप प्रस्कृत रुपमा आधारभूत बैंकिङ सेवा दिन सकिने बारे बैंकर संघले राष्ट् बैंकलाई जानकारी गराएको छ।   

३० प्रतिशत शाखा मार्फत सेवा दिन विकास बैंकको संघको सहमति 

त्यस्तै बिकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघले पनि आफ्नो कुल शाखा मध्ये ३० प्रतिशतबाट आधारभूत बैंकिङ सेवा दिनेबारे सहमती जुटेको डीबीएनका अध्यक्ष तथा गरिमा विकास बैंकका सीईओ गोबिन्द ढकालले बताए। 

ढकालकाअनुसार विकास बैंकहरुले आफ्नो कुल शाखाको ३० प्रतिशत शाखाबाट आधारभुत बैंकिङ सेवा दिने छन् भने यसका लागि ३० प्रतिशत कर्मचारी काममा आउनेछन। 

'सकेसम्म थोरै भन्दा थोरै कर्मचारीबाट सेवा दिने विकास बैंकको योजना छ। कम्तिमा ३ वटा र बढीमा कुल संख्याको ३० प्रतिशत शाखाबाट सेवा दिनेबारे सहमती भएको छ' अध्यक्ष ढकालले भने। 

७ दिन थोरै कर्मचारीबाट अति आवश्यक सेवा दिन फाइनान्सबीच सहमति 

फाइनान्सहरुबीच निषेधाज्ञाको ७ दिनको अवधिमा थोरै कर्मचारीबाट अति आवश्यक सेवा दिनेबारे छलफल भएको फाइनान्सहरुको छाता संगठन वित्त कम्पनी संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजि तुलाधारले बताए। 

तुलाधारकाअनुसार यो ७ दिनको अवधिमा सकेसम्म थोरै कर्मचारीबाट उपत्यकाका तीनवटा जिल्लामा एक एक वटा शाखा मार्फत सेवा दिनेबारे छलफल भएको छ। निषेधाज्ञाको अवधि ७ दिन भन्दा धेरै लम्बियो भने पछि त्यहिअनुसार निर्णय गरेर अगाडी बढ्ने तुलाधरले बताए। 

लघुवित्तका करिब ६५ प्रतिशत कारोबार ठप्प 

अनलाइन वा डिजिटल मार्फत नभई व्यक्ति व्यक्ति भेटेर कारोबार हुने क्षेत्र भएकाले लघुवित्तका करिब ६० प्रतिशत कारोबार पहिल्यै बन्द भएकाले उपत्यकामा निषेधाज्ञा हुँदा ५-७ प्रतिशत थप भएको लघुवित बैंकर्स संघका अध्यक्ष तथा स्वदेशी लघुवित्तका सीईओ बसन्त लम्सालले बताए। 

उपत्यकामा निषेधाज्ञा हुँदा त्यसले बढी चर्चा पाएपनि काठमाडौं बाहिरका करिब ४०-४५ जिल्लामा पहिल्यै नै कर्फ्यु र निषेधाज्ञा लागू भएकाले लघुवित्तका करिब ६० प्रतिशत कारोबार बन्द भईसकेको अध्यक्ष लम्सालको भनाई छ। 

उपत्यकामा पनि निषेधाज्ञा लागू भईसकेकाले तत्कालका लागि घरमै बस्न र काममा नफर्किनलाई आन्तरिक रुपमा सर्कुलर भईसकेको लम्सालको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved