बैंकका कर्मचारी रोकिएपछि उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 10:48:38 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकर्स संघले कर्मचारी रोकिएपछि  उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णय गरेको छ। आजदेखि सुरु भएको निषेधाज्ञामा पुर्व सहमति विपरित बैंकका कर्मचारी रोकिएपछि सबै शाखा बन्द गर्ने निर्णयमा पुगेको जनाईएको छ। 

निषेधाज्ञामा थोरै कर्मचारीबाट सिमित शाखा खोलेर बैंकिङ सेवा दिनेबारे स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच भएको सहमति बिपरित बैंकका कर्मचारी रोकिएपछि उपत्यकाका सबै शाखा बन्द गर्ने निर्णयमा पुगेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए। 

बुधबारसम्म बैंकर संघले उपत्यकाका तीनवटै जिल्लामा सिमित शाखा खोलेर बैंकिङ सेवा दिने निर्णय गरेका थिए। तर पुर्व सहमतिको पालना नभएकाले बैंकर संघले शाखा बन्द गरेका छन्। 

यस अघि: संख्या र शाखा तोकेरै सेवा दिनेबारे बैंक वित्तीय सँस्थाबीच सहमति, ७ दिनपछि रणनिति फेरिने

केहि बैंकका शाखा प्रमुख समेत बाटैमा रोकिएकाले ती बैंकका शाखा बिहान ११ बजेसम्म पनि बन्द अवस्थामा नै रहेका छन्। यसले गर्दा अति आवश्यक सेवा लिन बैंक पुगेका ग्राहकहरुले दुख पाएका छन्। 

स्थानीय प्रशासनको निर्देशनमा कोटेश्वर, बानेश्वर लगायतका क्षेत्रमा भएको कडा चेक जाँचमा अन्य क्षेत्रका व्यक्तिहरुसहित बैंकका कर्मचारी समेत रोकिएका छन्। अरुहरुको झैं बैंकका कर्मचारीहरुको पनि सवारी रोकेर गाडीको चाबी खोसीएपछि उनीहरु उपत्यका  कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर लगायतका चेक पोष्टमा रोकिएका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved