बैंकका कर्मचारीलाई अबरोध नगर्न निर्देशन, प्रहरी भन्छ 'समाधान भईसक्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 05:33:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले निषेधाज्ञाको अवधिमा बैंक वित्तीय संस्थाका कर्मचारीलाइ नरोक्न निर्देशन दिएको छ। निषेधाज्ञाको पहिलो दिन बैंकरहरुलाई बाटैमा रोकिएपछि सरोकारवालाबीचको समन्वय र छलफल पश्चात सरकारले यस्तो निर्देशन दिएको हो। 

गृहमन्त्रालयले उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई बैंकका कर्मचारीहरुलाई समन्वय गर्नलाई एक बिज्ञप्ती मार्फत निर्देशन दिएको हो। 

अत्यावश्यक सेवाभित्र रहेको बैंकिङ क्षेत्रलाई सेवा सञ्चालन हुने बातावरणमा अवरोध नपु¥याउन भन्दै गृहले बैंकका कर्मचारीलाई आवतजावत गर्न दिने वातावरण बनाउन निर्देशन दिएको हो। 

निषेधाज्ञाको पहिलो दिन उपत्यकामा बैंकिङ सेवा दिन हिडेका बैंकका कर्मचारीलाई प्रहरीले बाटैमा रोकेको थियो। जिल्ला प्रशासन कार्यलय र प्रहरीबीच समन्वय अभावमा यस्तो समस्या सृजना भएपछि राष्ट्र बैंकले गृहलाई पत्राचार गरेको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बिजपाटीलाई बताए। 

राष्ट्र बैंक, बैंक वित्तीय संस्थाका प्रतिनिधि सँस्था, जिल्ला प्रशासन कार्यलय र प्रहरी प्रशासनबीच समन्वय भएपश्चात आजै दिउँसो १२ बजेदेखि नै सम्बन्धित बैंकले वितरण गरेको परिचयपत्रका आधारमा कर्मचारीलाई आवतजावत गर्न दिईएको महानगरिय प्रहरी प्रवक्ता सुशील यादवले बिजपाटीलाई बताएका छन्। 

बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनका प्रमुखहरुले आजैदेखि बैंकिङ सेवा सुचारू भएको बताएका छन्। वित्त कम्पनी संघका अध्यक्ष समेत रहेका गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजि तुलाधारले आज कार्यालयको सुरुवाती समयमा समन्वय अभावले केहि कठिनाई भएपनि पछि बैंकका कर्मचारीलाई कार्यलय जान सहज वातावरण बनेको प्रतिकृया दिएका छन्।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved