ग्लोबल आईएमई बैंक Global IME Bank Limited ले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकल तोकेको कार्यविधि अनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।
बैंकले आफुले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित भदौ २६ गतेसम्म आवेदन दिन भनेको हो । यद अवधिमा आवेदन नदिए पुनरकर्जा सुविधा प्राप्त गर्न कठिनाई हुने बैंकले जनाएको छ ।