एनआईसी एशियाको नयाँ योजना, क्यूआर मर्चेन्ट रिफर गर्दा ७५० पाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2020 | 06:22:09 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले क्यू आर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने 'क्यू आर रेफर एण्ड अन योजना' ल्याएको छ । बैंकका क्यू आर मर्चेन्ट तथा ग्राहकहरूले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्ने बैंकले जनाएको छ । 

बैंकका अनुसार यस योजनामा बैंकसँग रहेका क्यू आर मर्चेन्ट एवं ग्राहकहरूले नयाँ क्यू आर मर्चेन्ट रिफर गरेपछि नयाँ मर्चेन्टले  बैंकमा चालु खाता खोलेर क्यू आरमा आबद्ध भएमा रिफर गर्ने मर्चेन्ट एवं ग्राहकहरूले प्रति रिफर मर्चेन्ट ७५० रुपैयाँ खुद रकम पाउने छन् । 

साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यू आर  मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही ५० हजार रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ  ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यू आर  पेमेन्टबाट भुक्तानी गर्नेको संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको अवस्थामा मुलुकलाई क्यासलेस इकोनोमि बनाउन सहयोग पुर्याउन यस योजना ल्याएको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved