अब अनलाईनबाटै कनेक्ट आईपीएससँग खाता लिंक गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 09:11:56 AM मा प्रकाशित

laxmi  sunrise bank

अब अनलाईनबाटै कनेक्ट आईपीएससँग खाता लिंक गर्न सकिने भएको छ । यसको सुरुवात नेपाल बाङ्गलादेश बैंक Nepal Bangladesh Bank Limited  बाट सुरु भएको छ ।

यस व्यवस्थासँगै ग्राहकहरुले अन्लाईनबाटै कनेक्ट आईपीएसमा आफ्नो खाता भेरीफाई  गराउन सक्ने र बैंकको शाखा नै पुगेर फारम बुझाई भेरीफाई गराउने बाध्यताको अन्त्य भएको बैंकले जनाएको छ ।  यसको लागि ग्राहकले कनेक्ट आईपीएस भित्र रहेको लिंक एकाउन्ट क्लिक गरी सेल्फ भेरिफाई बटममा थिचेर खाता भेरिफाई गर्नु पर्ने बैंकले जनाएको हो ।  यस प्रकृयामा ग्राहकको विवरण, वान टाइम पासवर्ड र माइक्रो डिपोजिटको आधारमा सुरक्षित रुपमा अन्लाईन भेरीफाई हुने व्यवस्था  रहेको बैंकले जनाएको छ ।

नेपाल बाङ्गलादेश बैंकबाट सुरुवात गरिएको यस व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि चाँडै नै सुरुवात गर्न आवश्यक तयारी भइरहेको कनेक्ट आईपीएसले जनाएको छ  ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved