बोनसमा लाग्ने कर तिर्न मेगा बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 09:06:50 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक Mega Bank Nepal Limited  ले शेयरधनीलाई बोनसमा लाग्ने कर तिर्न आग्रह गरेको छ । बैंकले साबिकको गण्डकी विकास बैंकका शेयरधनीलाई आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७३/७४ मा वितरण गरिएको बोनस शेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो।

बैंकले उक्त कर बैंकको शेयर रजिस्ट्रार मेगा क्यापिटल मार्केटको खाता नम्बर ००१००१०७१६३१८ मा जम्मा गर्न आग्रह गरेको हो । रकम जम्मा गर्दा शेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर, शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर विवरण बुझाएको हो स्पष्ट रुपमा खुलाउन समेत आग्रह गरेको छ । त्यस्तै बैंकले शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन समेत भनेको छ । 

यस अघि नै कर तिरिसकेका र शेयर डिम्याट गराईसकेका हरुले भने फेरी यी कार्य गर्नुपर्ने छैन  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved