राष्ट्रिय वाणिज्य बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, कसरी थाहा पाउने नयाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2020 | 09:06:29 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । बैंकले यस अघि रहेको १२ अंकको खाता नम्बर परिवर्तन गरेर १६ अंकको बनाएको हो । 

बैंकले  एसएमएस सेवा लिएका ग्राहकलाई मोबाइलमा एसएमएस पठाएर नयाँ खाता नम्बरबारे जानकरी गराई सकिएको जनाएको छ । त्यस्तै बैंकले मोबाइल बैंकिंग र इन्टरनेट बैंकिंग सेवा बाट पनि नयाँ खाता नम्बर थाहा पाउने ब्यबस्था गरिएको जनाएको छ ।

बैंकका अनुसार प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम शाखाका सबै ग्राहकको खाता नम्बर परिवर्तन गरिएको छ । बागमती प्रदेशको हकमा भने रसुवा, नुवाकोट, रामेछाप, सिन्धुली, र सिन्धुपाल्चोक बाहेकका जिल्लाका ग्राहकको कह्ता नम्बर परिवर्तन गरिएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved