साना उद्योगीलाई बैंकहरूले पत्याएनन्, पुनर्कर्जामा पनि आनाकानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 05:37:32 PM मा प्रकाशित

laxmi  sunrise bank

घरेलु तथा साना, मझौला उद्योगहरु कोभिड–१९ का मारमा परेका छन् । सानो लगानीमा सानै उद्यम गरेकाहरुलाई अहिले खान लाउनकै समस्या रहेको घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहको भनाई छ । 

कोरोना भाइरसको संक्रमण कम गर्न सरकारले चैत्र ११ गतेदेखि जारी गरेको लकडाउन असार २६ मा फुकुवा भएपनि उद्योग चल्ने वातावरण भएन । त्यसपछि पुनः निषेधाज्ञा जारी भएपछि साना उद्योगहरु बढी प्रभावित भएको कार्यबाहक अध्यक्ष सिंहको भनाई छ । 

‘साना उद्योगीहरुसँग पैसा स्टकमा हुँदैन, अहिले खाना लाउनकै समस्या छ’ सिंहले भने, ‘रोगभन्दा भोकले मर्ने समस्या आउने बेला भईसक्यो ।’ 

कर्जा दिन बैंकको आनाकानी

निषेधाज्ञाका कारण बैंकका सिमित शाखा मात्रै खुलेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहुलियत कर्जाको प्रावधान ल्याएको छ । बैंकका हरेक शाखाले कम्तीमा १० वटा समूह वा व्यक्तिलाई यस्तो कर्जा लगानी गर्नुपर्ने छ । तर साना तथा मझौला उद्योगीले यस्तो कर्जा पाउन सकेका छैनन् ।सरकारी लगानीका बैंकले समेत यस्तो कर्जा दिन आनाकानी गरिरहेको कार्यबाहक अध्यक्ष सिंहको गुनासो छ । 

‘राष्ट्रिय वाणिज्य बैंकसँग गतवर्ष महिला उद्यमशीलता कर्जाका लागि सम्झौता भएको थियो’ उनले भने, ‘तर महासंघले ४४ वटा फाइल पठाउँदा एउटा मात्रै पास भयो ।’ 

उनका अनुसार यसवर्ष पनि महिला उद्यमशीलता कर्जामा १.३८ देखि १.५ प्रतिशत ब्याजदर लाग्ने गरी राष्ट्रिय वाणिज्य बैंकसँग महासंघले सम्झौता गर्दैछ । उनले एनएमबी बैंकसँग ५ प्रतिशत ब्याजमा महासंघ र बैंकबीच सम्झौता भइसकेको बताए। निकट भविष्यमा नै प्रभु र नेपाल बङ्गलादेश बैंकसँग पनि सम्झौता हुँदैछ ।

‘पुर्नकर्जाको परिपत्र पुगेन रे’

राष्ट्र बैंकले कोभिडका कारण सुस्ताएको उद्योग व्यवसायलाई उकास्न पुर्नकर्जाको विषयलाई जोड दिएको भएपनि बैंकहरुले अहिलेसम्म तालिका निकालेका छैनन् । घरेलु तथा साना उद्योग महासंघले ७० प्रतिशतसम्म पुर्नकर्जा पाउनुपर्ने माग गर्दै आएको थियो । राष्ट्र बैंकबाट यो स्वीकृत भएपनि बैंकहरुले राष्ट्र बैंकको परित्रप नआएको भन्दै दिन नमानेको महासंघका कार्यबाहक अध्यक्ष सिंहको भनाई छ । 

‘कर्जाको रि–सेड्युअलिङ गर्ने भनिएको थियो, बैंकहरुले गरेका छैनन् । बारम्बार फोन गरेर किस्ता तिर्न भनिरहेका छन्’ सिंहले भने, ‘७० प्रतिशतसम्म पुर्नकर्जा दिने भनिएकोमा बैंकहरुले राष्ट्र बैंकको परिपत्र नआएको भनेर दिन मानेका छैनन्, हुलाकबाट जाने हो र महिनौ लाग्नलाई, अहिले त एकै क्लिकमा सबैतिर सर्कुलर हुनुपर्ने हो ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved