
नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धि कार्यविधि संशोधन गरेको छ । राष्ट्र बैंकले अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७३÷७४ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाबमोजिम ब्याजदर करिडोर पद्धतिको सुरूवात भई ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७४ कार्यान्वयन गरी आवश्यकता अनुसार परिमार्जन गर्दै आएको छ । सोहि अनुसार राष्ट्र बैंकले आर्थिक वर्ष ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ (दोस्रो संशोधन, ०७७) जारी गरी लागू गरेको हो ।
कार्याविधिमा मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोरमार्फत तरलता प्रवाह तथा प्रशोचन गरिने उल्लेख छ । जस अनुसार तरलता प्रवाह गर्नका लागि ओभर नाइट रिपो उपकरण र तरलता प्रशोचन गर्नका लागि एक हप्ता अवधिको निक्षेप संकलन उपकरणको प्रयोग गर्ने जनाएको छ ।
जस अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा स्थायी तरलता सुविधाको दर ५.० प्रतिशत रहेको छ भने ब्याजदर करिडोरअन्तर्गत ओभर नाइट रिपो दर नीतिगत दरको रूपमा ३.० प्रतिशत रहेको छ । त्यस्तै ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर १.० प्रतिशत रहेको छ ।
कार्यविधिमा कुनै द्विविधा उत्पन्न भएमा खुला बजार कारोबार सञ्चालन समितिले व्याख्या वा निर्णय गरेबमोजिम हुने रश्र्ता बैंकले जनाएको छ ।
यस्तो छ ओभर नाइट रिपो उपकरणको कार्यविधि:
यस्तो छ तरलता प्रशोचनको कार्यविधि :