
सानिमा बैंक Sanima Bank Limited का ग्राहकले अनलाईनबाट तरकारी तथा फलफुल किन्दा छुट पाउने भएका छन् । बैंकका ग्राहकले ई-कमर्स साईट 'खेति भेन्चर'बाट तरकारी तथा फलफुल किन्दा ५ प्रतिशत छुट पाउने भएका हुन् ।
ग्राहकले उक्त साईटबाट तरकारी तथा फलफुल किन्दा ई-बैंकिङ्ग वा क्युआर कोड स्क्यान गरी भुक्तानी गदा उक्त छुट पाउने गर्ने बैंकले जनाएको छ ।
खेति भेन्चरले अनलाईनबाट तरकारी तथा फलफुल बैच्दै आएको छ । कम्पनीले हाल काठमाण्डौ र पोखरामा सेवा दिदै आएको छ ।