
नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा कडाई गरेको छ । राष्ट्र बैंकले आज 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै लाभांश वितरणमा कडाई गरेको हो ।
जस अनुसार राष्ट्र बैंकले कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भए लाभांश घोषणा वितरण गर्न नपाइने ब्यबस्था गरेको छ । एकीकृत निर्देशिकामा भनिएको छ ' कुनै आर्थिक वर्षको बीचको कुनै अवधिमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्न नसकेको भएतापनि सोही आर्थिक वर्षको अन्त्यमा तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा नगद लाभांश तथा बोनस सेयर घोषणा÷वितरण गर्न पाईने छैन । '
यस अघि आर्थिक वर्षको अन्त्यमा बाह्य लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणबाट तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम भएको आधारमा यस बैंकको स्वीकृति लिई बोनस सेयर घोषणा÷वितरण गर्न सकिने ब्यबस्था थियो । यसरी बोनश सेयर वितरण गर्दा कर प्रयोजनका लागि आवश्यक पर्ने रकम मात्र नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिन सकिने ब्यबस्था थियो ।