
बैंक वित्तीय सँस्थामा संचालकहरुबीच एक अर्कालाई नराम्रो देखाउने गतिबिधि बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले कानुन नै बनाउन बाध्य भएको छ। संचालकहरुले एक अर्कालाई नराम्रो देखाउने गतिबिधि गर्दा बैंक वित्तीय संस्थालाई नै अप्ठ्यारो परेको महसुस गरेर राष्ट्र बैंकले कानुन नै बनाउन बाध्य भएको हो।
राष्ट्र बैकले संचालकहरुलाई उनीहरुको आचरणमा रहनपर्ने गरि एकिकृत निर्देशिका मार्फत निर्देशन दिएको छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार संचालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्नेछ। संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु गराउनु नहुने निर्देशिकामा उल्लेख छ।