
नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक वित्तीय संस्थाको नायब प्रमुख कार्यकारी नियुक्तिमा नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सीईओको अध्यक्षता गठित समितिले डेपुटी सीईओ नियुक्त गर्न पाउने व्यवस्था गरेको हो।
बैंकमा उच्च व्यवस्थापनमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता हुनेगरि राष्ट्र बैंकले संचालक समितिको यसअघिको सीईओको मात्रै सिफारिस भएहुने व्यवस्थालाई परिवर्तन गरेको हो।
निर्देशिकामा भएको व्यवस्थाअनुसार डेपुटी सीईओमा बढुवा वा नियुक्ति गर्दा सीईओको अध्यक्षतामा गठित उपसमितिको सिफारिसमा संचालक समितिले गर्नुपर्नेछ। यसअघि डेपुटी सीईओमा बढुवा वा नियुक्ति गर्दा सीईओको सिफारिसमा संचालक समितिले निर्णय गर्ने व्यवस्था थियो।