एनआईसी एशियाले भाइवर मार्फत क्वीज आयोजना गर्दै, कसरी सहभागी हुने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 03:46:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  ले ‘एनआईसी एशिया क्वीज’ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार भाइवर कम्युनिटी मार्फत सोधिने प्रश्नको सही जवाफ दिई उक्त योजनामा सहभागी हुन सकिने छ । 

योजना अन्तर्गत भदौ २५ देखि असोज १५ गतेसम्म हरेक दुई दिनको अन्तरालमा प्रश्नहरु सोधिने बैंकल जनाएको छ । सहभागीले उक्त प्रश्नहरुको सही जवाफ दिएर पुरस्कार जित्न सक्ने जनाइएको छ । 

यसरी सोधिने प्रश्नमा दिईएका चार वटा विकल्पहरू मध्येबाट सहभागीले आफुलाई लागेको सही जवाफ दिनुपर्ने हुन्छ । सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सक्ने बैंकले जनकारी दिएको छ । बैंकका अनुसार जति धेरै सही जवाफ दियो त्यति नै धेरै पुरस्कार जित्ने सम्भावना बलियो हुनेछ । बैंकले उक्त योजनाको समयावधि समाप्त भएको एक हप्तामा विजेता घोषणा गर्ने र बहुसंख्यक सहभागीहरूबाट सही उत्तर आएमा गोलाप्रथाबाट विजेता छनौट गर्ने व्यवस्था गरेको जानकारी दिएको छ ।

योजनामा सहभागी भई सही जवाफ दिने एक जनालाई रिचार्जरको तर्फबाट बम्पर पुरस्कारस्वरुप स्मार्टफोन प्रदान गरिने बैंकले जनाएको छ । त्यसैगरी पालसोनिकको तर्फबाट ३२ इन्चको पालसोनिक टेलिभिजन, ब्रोदरहुड इन्टरप्राइजेजको तर्फबाट भ्याकुम क्लिनर, इलेक्ट्रोनको तर्फबाट इलेक्ट्रोनिक ओभन टोस्टर तथा ग्रील र यासुदाको तर्फबाट इलेक्ट्रोनिक राइस कुकर एक-एक जनालाई प्रदान गरिने जनइएको छ । सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिने ५ जनालाई एलजीको तर्फबाट उपहार र सान्त्वना पुरस्कारस्वरुप प्रत्येक प्रश्नमा ४ जनालाई ५०० रुपैयाँ बराबरको मोबाईल रिचार्ज सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकका अनुसार भाइवर कम्युनिटीमा जोडिनकालागि सबैभन्दा पहिले सर्च बक्समा गई बैंकको नाम भाइवरमा खोज्नुपर्ने हुन्छ । जसमार्फत बैंकको उक्त योजनामा सहभागीता जनाउन सकिन्छ । यसका साथै बैंकका पछिल्ला योजना, छुट तथा सूचना, सेवा एवं सुविधा जस्ता गतिविधिको बारेमा पनि भाइबर कम्युनिटीबाट जानकारी प्राप्त गर्न सकिने जनाइएको छ ।

बैंकले ३२६ शाखा, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved