
सनराइज बैंक Sunrise Bank Limited ले ग्रिनपिन सेवा सुरु गरेको छ । बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा सुरु गरेको हो ।
बैंकका अनुसार सेवाको सुरुवात सँगै अब उप्रान्त बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजि पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि बैंकहरूको एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिन पिन प्राप्त हुने बैंकले जनाएको छ । सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुदाँ यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बंैकको बिश्वास छ ।
यस्तै, कागजि पिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निवेदन दिए पश्चात तत्कालै कागज बिहिन ग्रिनपिन सेवा प्राप्त गर्न सक्ने जनाइएको छ ।