नबिल चाडपर्व योजना: निक्षेपकर्तालाई धेरै ब्याज, ग्राहकलाई सस्तो कर्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 01:29:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले निक्षेपकर्ता र ऋणीलाई खुसी दिने उदेश्यले 'नबिल चाडपर्व योजना' ल्याएको छ। कोभिड १९ को महामारीको बेला नेपाली समाजप्रति उत्तरदायी बन्ने उदेश्यले निक्षेपमा राम्रो ब्याज दिने र ऋणीलाई सस्तोमा कर्जा दिने गरि योजना ल्याइएको बैंकले जनाएको छ। 

पैसा हुनेलाई बढी ब्याज दिएर तथा कर्जा चाहिनेलाई कम ब्याज लिएर समाजप्रतिको आफ्नो जिम्मेवारी पुरा गर्नका लागि यो योजना ल्याएको बैंकका प्रमुख संस्थागत संचार बिभाग कृष्ण सुवेदीले बिजपाटीलाई बताए। 

बैंकले ल्याएको योजनाअनुसार १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९ प्रतिशत, १ बर्षसम्मकोमा ८.५ प्रतिशत ब्याज प्रदान हुनेछ। त्यस्तै २ बर्ष भन्दा माथि र ५ बर्षसम्मको व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५ प्रतिशत ब्याजदर र ५ बर्ष भन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५ प्रतिशत ब्याजदर प्रदान हुनेछ। 

त्यस्तै यस योजना अन्तर्गत बैंकले घर कर्जा ७.४९, धितो कर्जा र व्यक्तिगत ओभरड्राफ्ट ७.९९ , साना तथा मझौला कर्जा १ करोडसम्मलाई ७.४९ तथा एक करोड भन्दा माथिलाई ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ। यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने बैंकले जनाएको छ। 

३५ बर्षदेखि संचालनमा रहेको बैकले आफ्ना ११९ शाखा,  १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved