युट्युब लगायतबाट कमाएको डलर नेपाल भित्र्याउन अब सहज, राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 06:56:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने ब्यबस्था गरेको छ  । राष्ट्र बैंकले सामाजिक संजाल, ई–कमर्श लगायतका कारोबार वापत अनलाईन वित्तीय सेवा (Online Financial Services) मार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने ब्यबस्था गरेको हो  ।

राष्ट्र बैंकले विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षता विज्ञताको निकासी विक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक÷व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु सहजै ल्याउन सक्ने ब्यबस्था गरेको हो ।

नेपालमा  विशेषत युट्युब मार्फत ठुलो रकम भित्रिने गरेको छ  । यस अघि पनि युट्युब एकाउन्ट मोनेटाईज गरेर नेपालमा विदेशबाट रकम आउने गरेको भए पनि अब भने राष्ट्र बैंकले त्यसलाई आधाकारिक रुपमा मै, बैंकिङ च्यानलबाट नै सहज रुपमा ल्याउन सकिने व्यवस्था गरेको हो । 

जस अनुसार स्वदेशी बैंकको खातामा विदेशी मुद्रा प्राप्त भए पश्चात्भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्था समेत) ले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमा सम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ ।  

विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सो को भुक्तानी विदेशमा पठाउनु पर्ने भएमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट  जारीे निर्देशनको पालना गर्नुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

विदेशबाट रकम ल्याउने क्रममा  सम्पत्ति शुद्घीकरण तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । सेवा प्रदायकले  यसप्रकार सम्पन्न कारोवारहरुको मासिक विवरण महिना समाप्त भएको मितिले १५ दिन भित्र राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved