यातायात व्यवसायीलाई कामना सेवा विकास बैंकको राहत प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 07:20:55 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंकबाट व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा तथा अटो रिक्सा कर्जा लिएका ग्राहकलाई बैंकले ब्याजमा छुट दिएको छ । बैंकले यातायात व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ५० प्रतिशत तथा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशत छुट दिएको छ ।


यो योजनामा यातायात व्यवसायीले समेत सामेल हुन पाउनुपर्ने माग गरेपछि बैंकले पुनः भाद्र महिनाको ब्याजमा छुटको योजना समेत ल्याएको छ । बैकले स्वरोजगारको लागि अटो रिक्सा लिएका न्यून आयका भएका ऋणीलाई बैंकको हालसम्म साँवा तथा ब्याज बक्यौता चुक्ता गरेमा भाद्र महिनाको ब्याजमा शतप्रतिशत छुट दिने जनाएको छ । यातायात व्यवसायीहरुलाई समेत सम्पूर्ण बक्यौता चुक्ता भुक्तान गरेमा भाद्र महिनाका पाकेको ब्याजमा ३० प्रतिशतले छुट दिने बैंकले जनाएको छ । आफ्नो सम्पूण बक्यौता चुक्ता भुक्तान गर्ने यातायात व्यवसायी तथा अटो रिक्सा व्यवसायीलाई ब्याजदरमा परिमार्जन गरी यस त्रैमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने समेत बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved