राष्ट्रिय वाणिज्य बैंकको २४१औं शाखा वीरेन्द्रनगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2020 | 01:39:40 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक Rastriya Banijya Bank ले २४१ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ मा सञ्चालननमा ल्याएको हो । 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखाको आईतबार उदघाट्न गरेका हुन् । कार्याक्रममा मन्त्री ज्वालाले बैंक नाफामुखी भन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शाखा कार्यालय वीरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । बैंकले हाल २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved