प्रभु बैंकले शिक्षक र ट्याम्पो चालक महिलाका लागि सहुलियतपूर्ण कर्जा दिदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 12:50:08 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक Prabhu Bank Limited  ले सफा ट्याम्पो चालक १० जना महिलालाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । बैंकले ल्याएको “सहयात्रा समृद्दिको’’ योजना अन्तर्गत उक्त कर्जा प्रवाह गरेको हो । 

नेपाल राष्ट्र बैंक सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधी, २०७५ अन्तर्गत यो कर्जा योजना ल्याएको बैंकले जनाएको छ । जस अन्तर्गत ट्याम्पो चालक १० जना महिलाले १ लाख रुपैयाँका दरले कर्जा हिजो मंगलबार लिएका छन् । आइडिया स्टुडियो नेपालसंगको सहकार्यमा ल्याएको यो योजामा अन्तर्गत हाल शिक्षक र ट्यम्पो चालक महिलाकालागि कर्जा प्रवाह गरीरहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत, मणिराम पोखरेलले जानकारी दिए । 

लकडाउनका कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेषगरी महिला सफाटेम्पो चालकहरु आर्थिक संकटका परेका छन् । त्यसैगरी हाल विद्यालयहरुले विधार्थीहरुका लागि अनलाईन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् । यसरी आर्थिक संकटमा परेका शिक्षक र ट्याम्पो चालक महिलाहरुका लागि केही सहुलियत होस भन्ने उद्देश्यले ल्याएको उक्त कर्जाको ब्याजदर ५ प्रतिशत रहेको पोखरेलले बताए । पोखरेलका अनुसार चालक महिलाई अधिकतम १ लाख रुपैयाँ २ वर्षका लागि र शिक्षकहरुलाई अधिकतम ४ लाख रुपैयाँ ३ वर्षको लागि कर्जा प्रदान गरीने छ । 

उनीहरुले कर्जा लिएको ६ महिनासम्म ब्याज तथा किस्त नतिर्न पनि पाउने छन् । तर, ६ महिना देखि भने किस्तामा रकम तिर्दै जानु पर्ने छ । कर्जा अवधिसम्ममा सम्पूर्ण रकम तिरिसक्नुपर्ने हुन्छ । 

बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved