चेक र एटीएम बिना सनराइज बैंकबाट रकम झिक्ने सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 04:47:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर सेवाको सुरुवात गरेको छ । चेक तथा एटीएम कार्ड नभए पनि खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो । 

सेवाको सुरुवात सँगै अब ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टको प्रयोग गरी काउन्टरहरुमा रहेका क्यूआर कोड स्क्यान गरी नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सेवा मार्फत प्रयोगकर्ताले शाखाहरुमा रहेको क्यूआर कोड स्क्यान गरी एक दिनमा १ लाख रुपैयाँ र प्रति महिनामा १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् ।    

पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख अन्तर्गतको यस व्यवस्थाले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत पुग्ने बैंकले दावी गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved