नबिलको एटिएम पिन चेन्ज गर्न बैंक धाउनु नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 08:53:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । यस अनुसार बैंकले आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा  कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्ने भएको हो ।यस अनुसार नयाँ ग्राहकले पिन सेट गर्न र पूराना ग्राहक ले बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सक्ने बैंकले जनाएको छ।

यस मार्फत पिन सेट गर्न एटिएम कार्ड हालेपछि Generate OTP for PIN मा क्लिक गर्नु पर्ने र सिस्टमले मोबाइलमा कोड पठाएपछि Enter OTP to Change Your Pinमा क्लिक गरि कोड राखेर पिन सेट गर्न सकिने बैंकले जनाएको छ

सेवा सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु नपर्ने र एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्ने बताएका छन् । उनले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको पनि बताए ।

बैंकले ११९ शाखा र १८५ एटिएम काउण्टर मार्फत सेवा दिदै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved