एनआईसी बन्यो नागरिक लगानी कोष पेन्सन योजनाको एक्सक्लुसिभ पार्टनर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 08:24:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक एक्सक्लुसिभ बैंकिंग पार्टनरको रुपमा नियुक्त भएको छ । नियुक्ति सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार कोषको योजनामा बैंकमार्फत सहज रुपमा सहभागी हुन सकिने छ। बैंकले पेन्सन योजनाको लागि मासिक रकम जम्मा गर्न छुट्टै भौचरको व्यवस्था गरेको जनाएको छ । बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी गरिरहेको जनाएको छ । 

कोषको पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक÷कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्ने छन्। ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन सक्ने छन्। यस योजनाका सहभागीहरूले न्यूनतम मासिक ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।

यो पनि : 

नागरिक लगानी कोषको पेन्सन योजनामा कसरी हुने सहभागी , के पाइन्छ सुविधा ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved